इलाम-२ मतगणना अपडेट : एमालेका सुहाङ ५ हजारभन्दा बढी मतले अगाडि

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मतगणना अपडेट : एमालेका सुहाङ ५ हजारभन्दा बढी मतले अगाडि

काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३ सय २ मतले अगाडि रहनुभएको छ ।

एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ९ हजार ३ सय ११ मत ल्याउनुभएको हो । यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ८ हजार ५ सय ७० र रास्वपाका मिलन लिम्बुले २ हजार ५७ मत ल्याउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.