बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २ सय ६७ मतान्तरले विजयी

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २ सय ६७ मतान्तरले विजयी

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २ सय ६७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

एमालेका दमन भण्डारीले ११ हजार ६ सय १३  मत ल्याउनुभएको छ भने कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत ल्याउनुभएको छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत ल्याउनुभएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.