इलाम । सबै राजनीतिक दलको ध्यान अहिले इलाम क्षेत्र नं. २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित छ । केन्द्रीय नेताहरू नै अहिले चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उम्मेदवारहरू मतदाताको घरदैलोमा मत माग्दै पुगिरहेका छन् । यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी १९ जनाबीच प्रतिस्पर्धा छ ।
उम्मेदवारहरूले सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्ना एजेन्डा बनाएका छन् । मतदाताले चाहिँ उनीहरूका एजेन्डालाई कसरी लिएका छन् त ? हेर्नुहोस् भिडियो रिपोर्ट :-