बारा २ मा जसपाका उपेन्द्र यादव जित नजिक

वैशाख १३, २०८० |कान्तिपुर टीभी संवाददाता
बारा २ मा जसपाका उपेन्द्र यादव जित नजिक

बारा । बारा-२ मा जसपाका उपेन्द्र यादवको जित सुनिश्चित भएको छ । ३ हजार २६८ मत गन्न बाँकी रहँदा यादवले ३ हजार ८९७ मतको अन्तरले अग्रता बनाएका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदै आइरेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार यादवले २६ हजार ८२९ मत ल्याउँदा कुशवाहाले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ९ हजार १०३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

रराष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ८१४ मत मात्र प्राप्त गरेका छन् । उनीपछि आम जनता पार्टीका अरुणकुमार ज्ञवाली छन् । ज्ञवालीको मत २ हजार ७१९ छ ।

आइतबार भएको उपनिर्वाचनमा बारा-२ मा ६९ हजार १ सय ७ मत खसेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.