उपेन्द्र यादवको अग्रता कायमै, जनमतका कुशवाहा भन्दा २८५३ मतले अगाडि

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
उपेन्द्र यादवको अग्रता कायमै, जनमतका कुशवाहा भन्दा २८५३ मतले अगाडि

बारा । बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले निरन्तर अग्रता बनाउँदै आएका छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार यादवको २३ हजार २७५ मत छ । यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाको मत भने २० हजार ४२२ छ । यादव र कुशवाहाबीच २ हजार ८५३ मतको अन्तर छ ।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेले भने ६ हजार ९४१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेलको मत २ हजार ७०० छ ।