बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै छ । निकटतम् प्रतिस्पर्धी शिवचन्द्र प्रसाद कुशवाहासँगको मतान्तर भने घटेको छ ।
साँझ ६:२५ बजेसम्मको गणनाअनुसार यादवले १८ हजार ८०८ मत प्राप्त गरेका छन् ।
उनका निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका कुशवाहाले १५ हजार ४५८ मत ल्याएका छन् । कुशवाहालाई यादवले ३ हजार ३५० मतान्तरले पछि पारेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ५ हजार ५६३ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले २ हजार २६८ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रबाट गत मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उक्त निर्वाचनमा यादवले कुशवाहालाई पराजित गरेका थिए । यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको हो ।