उपनिर्वाचन बारा : यादव १७३९३, कुशवाहा १२१९०

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन बारा : यादव १७३९३, कुशवाहा १२१९०

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

दिउँसो ४ बजेसम्मको मतगणनाअनुसार यादवले १७ हजार ३९३ मत प्राप्त गरेका छन् ।

उनका निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले १२ हजार १९० मत ल्याएका छन् । कुशवाहालाई यादवले ५ हजार २०३ मतान्तरले पछि पारेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ५ हजार ३१५ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले २ हजार १४० मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रबाट गत मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उक्त निर्वाचनमा यादवले कुशवाहालाई पराजित गरेका थिए । यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.