बारामा उपेन्द्रले कटाए ११ हजार मत, शिवचन्द्र ३९ सय मतले पछि

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
बारामा उपेन्द्रले कटाए ११ हजार मत, शिवचन्द्र ३९ सय मतले पछि

बारा । बारा निर्वाचन क्षेत्र नम्बर - २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ११ हजार मत कटाएका छन् ।

मंगलबार बिहान ९ बजेसम्मको मत गणनाअनुसार यादवले ११ हजार ४३४ मत प्राप्त गरेका छन् ।

उनका निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ४६३ मत ल्याएका छन् । कुशवाहालाई यादवले ३ हजार ९७२ मतान्तरले पछि पारेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार २१५ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार ८९५ मत प्राप्त गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.