चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने जित उन्मुख भएका छन् ।
बिहान पौने ८ बजेसम्मको मतपरिणामअनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै ४४ हजार ४८६ मत प्राप्त गरेका छन् ।
निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ३६ हजार २११ मतले पछि पारेका छन् ।
नेपाली कांग्रेसका श्रेष्ठले ८ हजार २७५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन् ।
फराकिलो मतान्तरले अग्रता लिएका लामिछानेको नतिजा जित उन्मुख बन्दै गएको छ । बिहान ८ बजे अगाडिसम्म ६२ हजार ८८० मत गणना भइसकेको छ । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको थियो । अब १६ हजार मत गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा निकतटम् प्रतिस्पर्धीसँग लामिछानेको मतान्तर धेरै छ ।
जित नजिक पुगेका लामिछानेलाई बधाई दिन प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार मतगणना स्थल जाने बताइएको छ ।