प्रदेश १ ले पनि बुझ्यो निर्वाचनको अन्तिम परिणाम

पुस २, २०७९ |सुशीला पाठक
प्रदेश १ ले पनि बुझ्यो निर्वाचनको अन्तिम परिणाम

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम शनिबार बुझाएका छन् । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि यस प्रदेशमा पनि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १४, राप्रपाले ६, नेकपा एकीकृत समाजवादीले चार र जनता समाजवादी पार्टीले एक जना प्रदेश सांसद प्राप्त गरेको अन्तिम परिणाम प्रदेश प्रमुख खापुङ्लाई बुझाएका हुन् । आयोगबाट निर्वाचन परिणाम औपचारिक रूपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न बाटो खुलेको र संवैधानिक व्यवस्था अनुसार छिट्टै प्रक्रिया अघि बढाउने खापुङले बताएका छन् । 

प्रदेश एकमा कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १ सय ६८ को उपधारा ९२० अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरिनेछ । 

संविधानको धारा १ सय ६८ को उपधारा ९३० मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । संविधानको धारा १ सय ८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।