प्रतिनिधिसभाको प्रत्यक्षमा १८४ पुरुष निर्वाचित, महिला ९१ जना

मंसिर २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको प्रत्यक्षमा १८४ पुरुष निर्वाचित, महिला ९१ जना

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरी आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सिटको परिणाम सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६ दशमलब ९० प्रतिशत) र महिला ९१ जना (३१ दशमबल १०) प्रतिशत निर्वाचित भएका छन् ।

यस्तै, प्रदेशसभातर्फ पुरुष ३५० जना (६३ दशमबल ६४ प्रतिशत) र महिला २ सय जना (३६ दशमलब ३६) प्रतिशत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

भोलि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिन भित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने प्रावधान छ ।

यस प्रावधान बमोजिम मंसिर २९ गते (भोलि) राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, २ पुसमा प्रदेशसभाको नतिजासहितको प्रतिवेदन प्रदेश राजधानीमा सम्बन्धित प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रस्तुत गरिने छ । त्यसै दिन सातैवटा प्रदेशमा पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ८६ दल दर्ता भएकामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६१ राजनाीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.