निर्वाचन आचारसंहिता सोमबारदेखि नलाग्ने

मंसिर २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आचारसंहिता सोमबारदेखि नलाग्ने

काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ देखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता भोलि (सोमबार) देखि नलाग्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज १२ गतेदेखि आचारसंहिता लागु गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement