बाजुराका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

मंसिर २१, २०७९ |प्रेम रौले
बाजुराका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

बाजुरा । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार एक कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभाका सदस्यलाई प्रमाण पत्र वितरण गरेको हो ।

प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डे,प्रदेश सभा - १ का सदस्य नरेशकुमार शाही र प्रदेश सभा - २ का सदस्य पदमबहादुर शाहीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यमा पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । यस्तै प्रदेश सभा - १ मा एकीकृत समाजवादीका नरेश शाहीले नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई पराजित गरेका हुन् ।

प्रदेश सभा - २ मा नेपाली काँग्रेसका पदमबहादुर शाहीले नेकपा एमालेका लालबहादुर थापालाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।