समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो (प्रदेशगत रुपमा यस्तो छ पार्टीको अवस्था)

मंसिर २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो (प्रदेशगत रुपमा यस्तो छ पार्टीको अवस्था)

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फको गणना सोमबारै सकिए पनि समानुपातिकतर्फको गणना म‌ंगलबार सकिएको आयोगले जनाएको छ । आयोगका अनुसार १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक मत सदर भएको छ ।

यस्तै नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत प्राप्त गरेका छन् ।

साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३, जनमत पार्टीले तीन लाख ९४ हजार ६५५, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६ लाख ६५ हजार ४६०, कांग्रेसले पाँच लाख ६२ हजार ९५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार ५११, माओवादी केन्द्रले एक लाख ८१ हजार २४५ र जनता समाजवादी पार्टी नेपालले ६१ हजार सात सय २३ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले चार लाख १४४, एमालेले तीन लाख ५१ हजार ७६८, जनता समाजवादी पार्टी नेपालले दुई लाख ९८ हजार ७७४, जनमत पार्टीले तीन लाख २९ हजार १७७ र माओवादी केन्द्रले एक लाख ८० हजार ८६० मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादी एक लाख १३ हजार ९१५ मत प्राप्त गरेका छन् ।

वाग्मती प्रदेशमा एमालेले पाँच लाख ९४ हजार ५२१, कांग्रेसले चार लाख ९४ हजार २६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७५ हजार ५६२, माओवादी केन्द्रले दुई लाख ८५ हजार २७६ र नेपाल मजदुर किसान पार्टीले ६८ हजार ७९६ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ६७ हजार ९८९, कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादी केन्द्रले एक लाख १६ हजार ९४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४८३ र नेकपा (एकीकृत समाजवादी) १५ हजार ७६ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार ९२१, कांग्रेसले चार लाख ९९ हजार ९८६, माओवादी केन्द्रले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१ मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार ९५०, कांग्रेसले एक लाख ७० हजार ७५६, माओवादीले एक लाख ३७ हजार ६२९, एकीकृत समाजवादीले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६ र नेमकिपाले आठ हजार ९९३ मत प्राप्त गरेका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ७२ हजार ९४०, कांग्रेसले दुई लाख ६८ हजार ७११, माओवादी केन्द्रले एक लाख २१ हजार ८०, राप्रपाले ४४ हजार १९२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ मत प्राप्त गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.