बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमको जित

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमको जित

बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम ३०,६११ मत ल्याई विजयी भएका छन् ।

गौतमले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४,४५६ मतान्तरले पराजित गरेका हुन् ।

पराजित लक्ष्मणराज ज्ञवालीले २६,१५५ मत ल्याएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३,९९३ मत ल्याए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.