प्रतिनिधिसभामा ३२,४३७ मत ल्याएर प्रभु साह विजयी

मंसिर ८, २०७९ |राजेश्वर पाण्डे
प्रतिनिधिसभामा ३२,४३७ मत ल्याएर प्रभु साह विजयी

रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् । साहले ३२ हजार ४ सय ३७ मतसहित विजयी भएका हुन् ।

उनका निकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २ सय मत प्राप्त गरेका थिए ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ मा साह लगातार चौथोपटक निर्वाचित भएका हुन् । गत २०७४ सालको निर्वाचनमा नेकपा माओवादीबाट जितेका साह पहिलोपटक स्वतन्त्र उम्मेदवार बनेका थिए ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।