काभ्रे १ (१) मा माओवादीका रत्न ढकाल विजयी

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
काभ्रे १ (१) मा माओवादीका रत्न ढकाल विजयी

काभ्रे । काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा (१) मा गठबनधनका तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट रत्न ढकाल विजयी भएका छन् ।

उनले २० हजार ७२० मत पाए । ढकालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिलीप तामाङले ११ हजार २७८ मत पाएका छन् ।

ढकाल र तामाङबीच ९,४४२ मतको अन्तर छ ।