७ मतले कपिलवस्तु ३ (१) मा एमालेका केसी विजयी

मंसिर ८, २०७९ |मनोज पौडेल
७ मतले कपिलवस्तु ३ (१) मा एमालेका केसी विजयी

कपिलवस्तु । जिल्लामा एमालेले दोस्रो जित निकालेको छ । ७ मतले कपिलवस्तु क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यमा एमालेका अर्जुनकुमार केसी विजयी भएका छन् ।

उनी ७ मतानन्तरले विजयी भएका हुन् । केसीले ११ हजार ७३५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्रले ११ हजार ७२८ मत प्राप्त गरेका छन् ।

पराजित उम्मेदवार मिश्रले पुन: मतगणनाको माग गरेका छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।