डोटी । प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार चक्र मल्लले नेपाली कांग्रेससँग बदला लिएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मत अन्तरले पराजित गरेका छन् ।
३३ हजार ३ सय २२ मत खसेकामा मल्लले १५ हजार २ सय ७९ मत पाएका थिए । सिंहले १४ हजार ८ सय २९ मत ल्याएका थिए । ४ उम्मेदवार रहेको यो प्रदेशमा राप्रपाका नेत्र नाथले ७ सय ५५ तथा हाम्रो पार्टी नेपालका शैलेन्द्र खड्काले ५ सय ४० मत ल्याएका थिए । एक हजार ९ सय १९ मत भने बदर भएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरतबहादुर खड्कासँग पराजित भएका थिए । ५ वर्षअघि कांग्रेसका खड्कासँग बदला जेठान सिंहसँग मल्लले लिएका छन् । एमालेका जिल्ला अध्यक्ष मल्ल र कांग्रेसका जिल्ला सभापति सिंह एउटै पालिकाका ज्वाइँ जेठान हुन् ।
०७४ सालमा नेकपा एमालेलाई प्रदेशसभा (क) डोटीमा जुन परिस्थितिमा कांग्रेसले हराएको थियो ०७९ मा कांग्रेसलाई त्यस्तै सहज वातावरण दिएर एमालेले बदला फेरेको छ ।
०७४ मा प्रदेश सभा १ मा एमालेसँगको तीनवटा राजनीतिक परिस्थिति थियो । तीनै परिस्थिति ०७९ मा कांग्रेससँग थियो । ०७४ मा प्रदेशसभा (क) अन्तर्गत पर्ने ४ पालिकामा नेकपा एमालेको सरकार थियो ।
त्यतिमात्र नभएर नेकपा माओवादीसँग गठबन्धन थियो भने प्रतिनिधिसभामा उम्मेदवार बनेका एकीकृत समाजवादीबाट प्रेमबहादुर आले एमालेबाटै लडेका थिए । कठिन परिस्थितिमा रहेको कांग्रेसले एमालेलाई पछार्न सफल भएको थियो ।
०७९ मा ती चारवटै पालिकामा नेपाली कांग्रेसको सरकार छ । नेकपा माओवादी केन्द्रलगायत अन्य दलसँग गठबन्धन छ । कांग्रेससँग मिलेर एकीकृत समाजवादीका उनै प्रेम आले कांग्रेसको साथमा छन् । तर पनि कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई मल्लले पराजित गरेर ५ वर्षअघिको बदला लिए ।