
क्याम्ब्रिज इन्टरनेसनल ‘ए’ लेवल सन २०२४ को परिक्षामा ओरही गाउँपालिका वडा नम्बर दुई परबाहाका आशिष मिश्र केमिस्ट्री (रसायन विज्ञान) र देउरीका अभिषेक यादव फिजिक्स (भाैतिक विज्ञान) विषयमा नेपालमै सबैभन्दा बढी अंक ल्याउन सफल भएका कारण सम्मानित भएका हुन् ।
ब्रितिश काउन्सिलले मंगलबार काठमाडौंमा एक समारोहको आयोजन गरी दुवै जनालाई पुरस्कृत गरेकाे हाे । नेपाललगायत १ सय ६ देशमा क्याम्ब्रिज इन्टरनेसनल ‘ए’ लेवलको पढाइ हुँदै आएको छ । यसअघि २०२५ अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा १९ वर्षिय आशिष मिश्र कास्य पदक ल्याउन सफल हुनु भएका थिए ।
नेपाली विद्यार्थीले तुर्कमेनिस्तानमा भएको ओलम्पियाडमा सहभागिता जनाएको प्रथम पटक थियो । यससँगै मिश्र ९ जुलाईदेखि २१ जुलाई २०२५ सम्म अस्ट्रेलियामा आयोजना भएको ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा समेत भाग लिनुभएको थियो ।
अध्यनमा निकै अब्बल मिश्र अमेरिकाको राजधानी वाशिगंटन डीसीस्थित हावर्ड विश्वविद्यालयमा इन्जिनियरिङ अध्धयनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न समेत सफल हुनु भएको छ।