
काठमाडौं । विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आउँदो वैशाख १४ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा वैशाख १४ देखि २७ गते सम्म हुनेगरी मंगलबार परीक्षा तालिका सार्वजनिक गरेकाे हो । साधारण, प्राविधिक र परम्परागत धारतर्फका गरी कक्षा १२ मा १ सय २० विषयको परीक्षा हुने जानकारी दिँदै परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नियमिततर्फ ३ लाख ६० विद्यार्थी सहभागी हुने जनाउनुभएकाे छ ।
आंशिकतर्फका भने कति परीक्षार्थी हुन्छन् भन्ने यकिन हुन बाँकी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा केन्द्र भन्ने छिट्टै निर्धारण गरिने नियन्त्रक शर्माले जानकारी दिनुभयो ।