लुम्बिनी बौद्ध विश्वविद्यालय र जापानको कोयासान विश्वविद्यालयबीच एमओयू सम्झौता हस्ताक्षर

फाल्गुन ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी बौद्ध विश्वविद्यालय र जापानको कोयासान विश्वविद्यालयबीच एमओयू सम्झौता हस्ताक्षर
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र जापानको कोयासान विश्वविद्यालयबीच आपसी सहयोग र सहकार्यकालागि समझदारी पत्र(एमओयू)मा सोमबार हस्ताक्षर गरिएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. स्वर्णलाल बज्राचार्य र जापानको कोयासान विश्वविद्यालयका पूर्व उपाध्यक्ष प्रोफेसर योसिडा अकेसीले हस्ताक्षर गरेका छन् । छोटो समयका अध्ययन अनुसन्धान गर्न विद्यार्थीहरू एक अर्काको विश्वविद्यालयमा पठाउने, विश्वविद्यालयका विभिन्न संकायका सदस्य, अनुसन्धानकर्मी र प्रशासकहरूको अनुभव आदानप्रदान गर्ने र दुवै विश्वविद्यालयले सामूहिक अनुसन्धान र एकेडेमिक प्रकाशहरू गर्ने सहमति भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.