
काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक विद्यालय अध्यापन अनुमतिपत्र- लाइसेन्स परीक्षामा ६३ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
निमावि तहको लाइसेन्स परीक्षामा ९४ हजार ८४ जना सहभागी भएकोमा ३५ हजार २ सय ६८ अर्थात् ३७ प्रतिशत पास भएका छन् भन्ने ६३ प्रतिशत फेल भएको शिक्षक सेवा आयोगले जनाएको छ । गतवर्ष निमाविको लाइसेन्समा ९ प्रतिशतमात्र पास भएकोमा यसपटक केही सुधार आएको आयोगले जनाएको छ ।
माध्यमिक तहको लाइसेन्स परीक्षामा भन्ने ३५ हजार ७ सय ७६ परीक्षार्थीमध्ये २३ हजार ५ सय ८९ जना अर्थात् ६८ प्रतिशत पास भएका छन् । सामुदायिक विद्यालयमा अनिवार्य विषयहरूको शिक्षक अभावलाई मध्यनजर गरी आयोगले विज्ञान, अँग्रेजी, गणित, कम्युटरलगायतका विषयमा शिक्षाशास्त्र विषय अध्ययन नगरेकाले पनि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।
आयोगका अनुसार प्रावि निमावि र मावि गरी १० लाखको हाराहारीमा अध्यापन अनुमतिपत्र लाइसेन्स वितरण भइसकेको छ । सामुदायिक विद्यालयमा शिक्षक बन्नका लागि अनिवार्य रूपमा लाइसेन्स लिएको हुनुपर्छ ।