पाल्पाको गंगा माविलाई शैक्षिक तथा भौतिक गुणस्तरका लागि आईएसओ प्रमाणपत्र

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पाको गंगा माविलाई शैक्षिक तथा भौतिक गुणस्तरका लागि आईएसओ प्रमाणपत्र

पाल्पा । पाल्पाको रामपुरस्थित गंगा माविलाई विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारको मानकीकरणका लागि अन्तर्राष्ट्रिय संगठन आईएसओ प्रमाणपत्र प्रदान गरिएको छ ।

गंगा माविले अन्तर्राष्ट्रिय गुणस्तरका लागि ४९ वटामध्ये २५ वटा सूचक दुई महिनामै पूरा गरेकाले आईएसओ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तरले विशेषगरी विद्यालयको व्यवस्थापन सम्बन्धमा प्रशासनिक सुधार, कक्षाकोठाको शैक्षिक गुणस्तर अभिवृद्धि, अभिभावकले विद्यार्थी शिक्षाको गुणस्तर बढाउन सहभागितालाई जोड दिएको छ ।

विद्यालयले शिक्षण-सिकाइ प्रक्रिया, प्रशासनिक व्यवस्थापन, शैक्षिक गुणस्तर, सरसफाइ, सुरक्षा तथा सेवा प्रवाहमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्रममा रहेको विद्यालयले जनाएको छ । विद्यालयलाई निरन्तर सुधार, पारदर्शीता र गुणस्तरीय शिक्षातर्फ अग्रसर गराउने महत्वपूर्ण उपलब्धिका लागि अग्रसर रहेको छ । यहाँ कक्षा १ देखि १२ सम्म ६ सय ५० जना विद्यार्थी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.