.png&w=1000&height=550)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि दीक्षान्त समारोह प्रदेशगत रूपमा गर्ने भएको छ ।
विश्वविद्यालयले शुक्रबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति दिपक अर्यालले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या बढ्दै गएसँगै व्यवस्थापन गर्न गाह्राे भएपछि विश्वविद्यालयले आगामी वर्ष पोखरामा पनि दिक्षान्त समारोह गर्ने निर्णय गरिसकेको जानकारी दिनुभएको हो ।
त्यसो त गतवर्षनै संकायगत रूपमा दीक्षान्त समारोह गर्ने घोषणा गरेको विश्वविद्यालयले कुनै अध्ययन र तयारी नभएकाले आगामी वर्ष प्रदेशगत रूपमा दीक्षान्त समारोह गर्नु परेको उपकुलपति अर्यालले जानकारी दिनुभयो । यो वर्ष विश्वविद्यालयबाट स्नातकदेखि विद्यावारिधी गरेका ८९ हजार १ सय ९१ विद्यार्थीमध्ये पुस १० गते दशरथ रंगशालामा हुने ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३ सय ८० विद्यार्थीसहित ४२ हजार जना सहभागी हुने रजिष्ट्रार केदारप्रसाद रिजालले जानकारी दिनुभयो ।
२५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण हुने समारोहमा जापानका भौतिकशास्त तर्फका नोबेल पुरस्कार विजेता ताकाआकी काजिताले सम्बाेधन गर्नुहुनेछ । यो वर्ष अन्तराष्ट्रिय विश्वविद्यालयको स्तरमापनमा त्रिवि १३ सयको आसपासमा रहेको भन्दै उपकुलपति अर्यालले आगामी दिनमा उच्चशिक्षामा देखिएका चुनौतीहरूको सामना गर्दै गुणस्तरीय अनुसन्धानमूलक र नवपवर्तन शिक्षादिने बताउनु भयो ।