
सुर्खेत । विद्यालय व्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक संघले वीरेन्द्रनगर नगरपालिका र नगर शिक्षा कार्यालयमा तालाबन्दी गरका छन् ।
विद्यालय व्यवस्थापन समितिको क्षत्राधिकार कटौति गरेको र प्रधानाध्यापक व्यवस्थापन, सरूवा दरबन्दी मिलान तथा विद्यालय समायोजनमा असन्तुष्टि जनाउँदै विद्यालय व्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक संघले तालाबन्दी गरेका हुन् । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ ले दिएको विव्यसको क्षेत्राधिकारलाई मिचेर नगर शिक्षा र नगरशिक्षा समितिले मनोमानीरूपमा प्राधानाध्यपक व्यवस्थापन तथा शिक्षक दरबन्दी मिलान गरिएकोमा शिक्षक तथा विव्यसले आपत्ति जनाएका छन् ।
नगर शिक्षाले गरेका प्रअ व्यवस्थापन तथा दरबन्दी मिलानलाई खारेज गर्नुपर्ने माग समेत गरिएकाे छ । विद्यालयको भौतिक पुर्वाधार तथा गुणस्तरलाई महत्व दिनुपर्ने भन्दा पनि आफू निकट शिक्षकलाई प्रअ र दरबन्दी मिलानका नाममा निकट शिक्षकको व्यवस्थापनमा लागेको श्रीकृष्ण संस्कृत मावि ईत्रामका अध्यक्ष डा. डम्मर खड्काले जनाउनुभएकाे छ ।
शैक्षिक सत्रको मध्य समयमा दरबन्दी मिलान, प्रअ व्यवस्थापन तथा विद्यालय मर्ज गर्दा विद्यालय, विद्यार्थी तथा शिक्षकमा गलत प्रभाव पर्ने वडा अध्यक्ष दिनेश खत्रीले जनाउनुभयाे । नगर पालिका तथा नगर शिक्षामा तालबन्दी गरेपछि आइतबारको कामकाज प्रभावित बनेको छ ।