काठमाडौं । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
विधेयक पास भएको ७ महिनापछि मंगलबार बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
प्राध्यापक जयराज अवस्थी संयोजक र प्राध्यापक दिपक महरा र भारती जोशी सदस्य रहेको सिफारिस समिति गठन भएको शिक्षा मन्त्रालय प्राविधिक महाशाखाका प्रमुख श्रीप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी सभाले जयराज अवस्थी, अम्मरराज जोशी, लवदेव अवस्थी, संगीता राजभण्डारी, डम्बरबहादुर पाल, अनुराधा रोकाय र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई सिनेट सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य विज्ञानमा नविनतम अध्ययन अनुसन्धान गर्ने उदेश्यले सरकारले विश्वविद्यालय स्थापना गरेको हो । ।