विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयका सञ्चालकहरू कालोपट्टी बाँधेर प्रदर्शनमा

पूर्ण छात्रवृत्ति दिने र गैरनाफामूलक बनाउने प्रस्ताव विधेयकबाट हटाउन माग
भाद्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयका सञ्चालकहरू कालोपट्टी बाँधेर प्रदर्शनमा

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

शिक्षा विधेयकबाट शिक्षालाई गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउनुपर्ने र पूर्ण छात्रवृत्तिको व्यवस्था पनि खारेज गर्नुपर्ने निजी विद्यालय सञ्चालकहरूको माग छ ।

माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनीसहित उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले छात्रवृत्ति दिने अधिकार सम्वन्धित विद्यालयमा रहनुपर्ने माग गरेका छन् ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पेस भैसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.