काठमाडौं । अर्थ मन्त्रालयमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदबहाली कार्यक्रम चलिरहेका बेला पर्वतका एक स्थानीयले अर्थसचिवको कार्यशैलीलाई लिएर विरोध जनाएका छन् ।
आफ्नो कुरा राख्ने भन्दै कार्यक्रमस्थलमा प्रवेश गरेका पर्वतको कुश्मा नगरपालिका दुर्लुङका शालिकराम पौडेलले आफूले चाहेको योजनामा बजेट खन्याउने गरेको आरोप लगाउँदै अर्थसचिव घनश्याम उपाध्यायलाई हटाउनुपर्ने माग गर्नुभयो ।
पौडेलको आक्रोशपछि मन्त्री खनालले पछि अलग्गै कुरा गर्ने जवाफ दिनुभएको थियो ।