काठमाडौं। शिक्ष, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई सामना गर्न सरकारल र नीजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु भएको छ ।
लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री पन्तले विद्यार्थी विदेश जाने क्रम रोक्न पाठ्यक्रम परिमार्जन गर्दै जाने योजना मन्त्रालयले बनाएको बताउनुभयो।
हरेक वर्ष १२ कक्षाको परीक्षाफल सार्वजनिक हुने वित्तिकै एक लाखभन्दा बढी विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने प्रवृत्ति रोक्न गुणस्तरीय र रोजेको विषय पढाउने तर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
मानिसलाई विज्ञानसँगै ज्ञान पानि सिकाउनु पर्ने बताउँदै उहाँले बौद्ध शिक्षाले व्यक्तिको जीवनलाई हेर्ने दृष्टिकोण देखाउने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले प्राविधिक शिक्षा अहिलेको महत्वपूर्ण आवश्यकता भएको बताउनुभयो।
प्राडा जीवराज पोखरेलले योजनावद्ध विकास नै दिगो र प्रभावकारी हुने बताउँदै शिक्षाको गुणस्तर कायम राख्नुपर्ने बताउनुभयो। कलेजका अध्यक्ष डीआर घिमिरेले देशलाई चाहिने दक्ष इन्जिनियरिङ उत्पादन बढाउन सके विकासमा पनि योगदान पुग्ने बताउनुभयो।
कार्यक्रममा इन्जिनियर काउन्सिलका सदस्य होमनाथ पोखरेल, अजय झा, एमाले केन्द्रीय सदस्य बाबुराम धापा, कलेजका प्रिन्सिपल खेटराज दाहाल लगायतले इन्जिनियरिङ शिक्षाको महत्वबारे आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो।