काठमाडौं । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा आफ्ना माग समेट्न माग गर्दै निजी विद्यालयका संगठनहरुले अर्को चरणको आन्दोलन घोषणा गरेका छन्।
एपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सन केन्द्रीय कार्य समितिले आज भदौ ८ देखि १२ गतेसम्मका लागि आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले कम्पनी ऐनअनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनुपर्ने, पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने तथा विद्यालयमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तकलगायत उपलब्ध गराउने प्रावधान हटाउनुपर्नेलगायतका माग राखेका छन् ।