समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाच समयमै नहुने बताउनु भयो । 

समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रूपमा ल्याउँदा निर्वाचन आयोगले पेस गरेका कुराहरू पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने उहाँले बताउनु भयो । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने उहाँले बताउनु भयो ।

महामन्त्री थापाले निर्वाचनको उम्मेद्‌वार छनाेट गर्नेकुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेद्‌वार छान्न पाउने कुरा राम्रो भएको बताउनु भयो । मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरूरी रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.