माओवादी नेताले छोराछोरीलाई सरकारी स्कुलमा पढाउनैपर्छ, विदेश पठाउन पाइँदैन : अध्यक्ष दाहाल

श्रावण २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी नेताले छोराछोरीलाई सरकारी स्कुलमा पढाउनैपर्छ, विदेश पठाउन पाइँदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रीय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताउनु भयो । 

उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दाबी छ । अबबाट पार्टीका नेताहरूलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि उहाँले बताउनु भयो । आफ्ना सन्तनहरू कसैले पनि विदेशमा अध्ययन नगरेको उहाँको दाबी छ ।

अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरू गइरहेको बताउनुभयाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.