१५ प्रतिशत पूर्ण छात्रवृत्तिकाे व्यवस्था शिक्षा विधेयकबाट हटाउन एनप्याब्सनकाे माग

श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
१५ प्रतिशत पूर्ण छात्रवृत्तिकाे व्यवस्था शिक्षा विधेयकबाट हटाउन एनप्याब्सनकाे माग

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल-एनप्याब्सनले निजी विद्यालयले १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिन नसक्ने भन्दै यस्तो व्यवस्था शिक्षा विधेयकबाट हटाउन माग गरेको छ ।

एनप्याब्सनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छात्रवृत्तिका नाममा विद्यार्थीलाई यातायात, खाजा, पोशाक, आवासलगायत सुविधा दिन नसक्ने भन्दै विधेयकमा जबरजस्ती लादिए विद्यालयनै बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ । 

संसद्को शिक्षा समितिले शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरे निजी विद्यालय आन्दोलनमा उत्रिने चेतावनी अध्यक्ष सुवास न्यौपानेले दिनुभयो ।

एनप्याब्सनका महासचिव प्रकाशचन्द्र खड्काले कम्पनी ऐनअन्तर्गत सञ्चालनमा रहेका निजी विद्यालयहरू गैरनाफामूलक हुन नसक्ने बताउनुभयो । एनप्याब्सनले निजी शैक्षिक संस्थामा ८ खर्बभन्दा बढी लगानी रहेको र २ लाखभन्दा बढी शिक्षक कर्मचारीलाई रोजगारी दिइरहेको जनाएको छ । 

विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा विचाराधीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.