कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको छः मन्त्री चौरसिया

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको छः मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून मन्त्रालयले निःशुल्क कानूनी सहायता कैदीबन्दीहरुले पाएका छन् की छैनन् भनेर मात्रै हेर्ने काम रहेको र त्यो सबैले पाएको जिकिर गर्नुभयो । 

कानून सुधारका कामहरु पनि भइरहेको उहाँको भनाइ छ । कारागार अध्ययन, थुनुवा कोठाहरुको अध्ययन र कारागारमा रहेका बन्दीहरुको अवस्थाको सम्बन्धमा पनि अध्ययन प्रतिवेदनको सुझावअनुसार काम भइरहेको उहाँले बताउनु भयो ।

मन्त्री चौरसियाले विवाहको उमेरको कारणले कारागारमा रहेका युवाहरुको विषयमा पनि कानूनमा सुधार गर्ने प्रश्ताव मन्त्रीपरिषद्मा पठाएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.