शिक्षामा निजीकरण नियन्त्रण हुनुपर्छः अध्यक्ष दाहाल

श्रावण २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षामा निजीकरण नियन्त्रण हुनुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने ध्येयबाटै अहिलेको विद्यालय शिक्षा ऐन आएको दाबी गर्नुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षामा निजीकरणको प्रक्रियालाई नियन्त्रण गर्ने र सार्वजनिक शिक्षालाई गुाण्स्तरीय बनाउने गरी शिक्षा विधेयक ल्याउन लागेको बताउनु भयो । 

विद्यालय शिक्षा विधेयक अघि बढाउँदा पनि सार्वजनिक शिक्षाको गुणस्तरीयतामा जोड दिइएको उहाँले बताउनु भयो । ठूला पार्टीहरू निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नरहेको र यो विडम्वनापूर्ण भएको उहाँले जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘निजीकरणको जो प्रक्रिया छ त्यसलाई नियन्त्रण गर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने किसिमले नै अहिलेको विद्यालय शिक्षा ऐनमा पनि, उच्च शिक्षा आयोगको प्रतिवेदनमा पनि यही कुरामा जोड गरिएको छ । विद्यालय शिक्षा विधेयक अघि बढाउँदै गर्दा हामीले यही प्रश्नमा केन्द्रीत भएर त्यसमा गुणात्मक सुधार गर्ने केही प्रावधानहरू राखिएको छ । ठूला पार्टीहरू निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नदेखिनु पक्कै पनि हामी सबैको निम्ति विडम्वना नै हो ।’

अध्यक्ष दाहालले निजी क्षेत्रका थुप्रै विद्यालयहरूले पनि राम्रो विकास गरेको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.