इन्जिनियरिङ विद्यार्थीहरूको उपकुलपति कार्यालयमा धर्ना, स्वायत्तता कायम गर्न माग

श्रावण ४, २०८२ |नारायण किलम्बू
इन्जिनियरिङ विद्यार्थीहरूको उपकुलपति कार्यालयमा धर्ना, स्वायत्तता कायम गर्न माग

काठमाडौं । इन्जिनियरिङ्ग अध्ययन संस्थानअन्तर्गतका विभिन्न क्याम्पसका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा धर्ना दिएका छन् ।

विश्वविद्यालयले खोसेको संस्थानको स्वायत्तताको पुन: निरन्तरताको माग गर्दै विद्यार्थीहरूले उपकुलपति कार्यालयमा धर्ना दिएका हुन् । संस्थानको अस्तित्वको लडाइँ र शिक्षाको अधिकार सुनिश्चतताको माग गर्दै इन्जिनियरिङका विद्यार्थीहरूले दिनभर धर्ना दिएका हुन् । 

संस्थानअन्तगर्तका विभिन्न विभागीय प्रमुख र उपप्रमुखसहित पाँच दर्जन प्राध्यापकहरूले सामूहिक राजीनामा दिई पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयलाई दबाब दिन विद्यार्थीहरू पनि आन्दोलनमा उत्रिएका हुन् ।

सोही विषयमा विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारी, डीन र प्राध्यापकसहितको वार्ता भए पनि निष्कर्ष निस्कन सकेको छैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।