नेपाल संस्कृत विश्वविद्यालयको सिनेट: एक अर्ब ३१ करोडको बजेट स्वीकृत

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट: एक अर्ब ३१ करोडको बजेट स्वीकृत

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८औँ बैठकले आगामी आर्थिक वर्षका लागि रू एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा. माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय-व्ययको बजेट पारित भएको हो ।

बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताउनुभयो । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले गुरूकुल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ : एक नमुना गुरूकुल’ को अवधारणा अगाडि ल्याइएको बताउनुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.