त्रिविलाई समय सुहाउँदो, प्रतिस्पर्धी र सक्षम बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिविलाई समय सुहाउँदो, प्रतिस्पर्धी र सक्षम बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयलाई समय सुहाउँदो, प्रतिस्पर्धी र सक्षम बनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकमा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले २१औं शताव्दी सुहाउँदो शिक्षामा जोडदिनुभएको हो । 

बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ ।

बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम पनि प्रस्तुत भएको छ । त्रिविका सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तले समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै विश्वविद्यालयले त्यस‌ै अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत अर्थात करिव चार हजार विदेशी विद्यार्थीले अध्ययन गर्ने वातावरण बनाउने गरी लाग्नुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.