शिक्षा विधेयकमा छलफल गर्न समय माग

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षा विधेयकमा छलफल गर्न समय माग

काठमाडौं । सरकार र सत्तारुढ नेपाली कांग्रेसले शिक्षा विधेयकमा छलफल गर्न समय माग गरेका छन् । आज बसेको शिक्षा समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्त र नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरले विधेयकमा केही विषयमा छलफल गर्न बाँकी रहेको भन्दै समय माग गरेका हुन् । 

तर, सांसदहरूले भने यसप्रति आपत्ति जनाएका छन् । माओवादी केन्द्रका देवेन्द्र पौडेलले टुंगिइसकेको विधेयकमा फेरि यो या त्यो बहानामा अलमल गर्न खोजिएको भन्दै गम्भीर असहमति रहेको बताउनुभयो । उहाँले विधेयक आजै टुंग्याउन पनि माग गर्नुभएको छ । 

रास्वपाकी सुमना श्रेष्ठले सरुवा बढुवाका विषयमा कानुनमै स्पष्ट गर्न पनि माग गर्नुभयो । यसअघि विधेयक पारित गर्ने अन्तिम टुंगो लागिसकेपछि शिक्षामन्त्री र कांग्रेस मुख्य सचेतकले समय मागेपछि विधेयक रोकिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित