त्रिविका उपकुलपति अर्यालद्वारा शपथ ग्रहण

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिविका उपकुलपति अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं । त्रिभूवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिनुभयो । 

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई बुधबार नियुक्त गर्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.