एसईईमा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिका बन्याे नेत्रावती डबजोङ

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
एसईईमा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिका बन्याे नेत्रावती डबजोङ

काठमाडौं । निति कार्यक्रममै शिक्षालाई जोड दिएर कार्यक्रम सार्वजनिक गर्दै आएको धादिङको नेत्रावती डबजोङ गाउँपालिका जिल्ला भित्र यो वर्षको एसईई परिक्षाको नतिजा उत्कृष्ठ ल्याउने स्थानीयतह बनेको छ ।

१३ स्थानीयतह रहेको धादिङमा नेत्रावती डबजोङ गाउँपालिकाले परीक्षामा सहभागी भएका परिक्षार्थी मध्ये ९१.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर जिल्लाभरको स्थानीय तहमा प्रथम भएको हो । यता १७.१६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको रूवी-भ्याली गाउँपालिका सबै भन्दा कमजोर नतिजा ल्याउने गाउँपालिका बनेको छ ।

सदरमुकामसमेत रहेको नीलकण्ठ नगरपालिकामा ६५.४५ प्रतिशत र धुनीबेसी नगरगपालिकामा ५५.८३ प्रतिसत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

४ हजार ५ सय १५ विद्यार्थी परीक्षामा सहभागी भएको धादिङमा ८ जनाले ४ जीपीएसहित ६३.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.