काठमाडौं । धादिङको नेत्रावती डबजोङ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा भएको छ ।
गाउँपालिकाभित्र रहेका ३२ सय ६५ घरधुरीमा गरेको सर्वेक्षण, अभिभावक शिक्षालगायत कार्यक्रमबाट विद्यालय बाहिर रहेका ७ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि नेत्रावती डबजोङलाई शुक्रवार नि:शुल्क तथा अनिवार्य शिक्षा लागुभएको गाउँपालिका घोषणा गरिएको हो ।
घोषणासँगै गाउँपालिकाले यसलाई प्रभावकारी बनाउन गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्रीसमेत प्रदान गरेको छ ।