माध्यमिक तहको लाइसेन्स परीक्षामा ३३ प्रतिशत मात्र परीक्षार्थी पास

कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
माध्यमिक तहको लाइसेन्स परीक्षामा ३३ प्रतिशत मात्र परीक्षार्थी पास

काठमाडौं । विद्यालय शिक्षाको माध्यमिक तहको शिक्षक अध्यापन अनुमतिपत्र लाइसेन्स परीक्षामा ३३ प्रतिशत परीक्षार्थी मात्र पास भएका छन् ।

शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको लाइसेन्स परीक्षामा सहभागी ३७ हजार ८ सय ४ परीक्षार्थीमध्ये १२ हजार ७ सय २९ अर्थात् ३३ प्रतिशत मात्र पास भएका हुन् । लाइसेन्स परीक्षामा २० हजार ७५ अर्थात् ६७ प्रतिशत फेल भए । 

प्रदेशगत रुपमा सबैभन्दा बढी गण्डकीमा ४४ प्रतिशत र सबैभन्दा कम मधेशमा २० प्रतिशत पास भए । शिक्षण पेशाका लागि अनिवार्य रहेको लाइसेन्स परीक्षामा ३३ प्रतिशत मात्र पास हुनु राम्रो मान्न नसकिने आयोगको बुझाइ छ ।

सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी जस्ता विषयमा धेरै विद्यार्थी फेल हुनु र ती विषयका शिक्षकको पनि अभाव भएपछि शिक्षक सेवा आयोगले शिक्षाशास्त्र अध्ययन नगरेका विद्यार्थीसमेत लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । त्यस्ता परीक्षार्थीले शिक्षण सेवामा प्रवेश गर्दा १० महिने तालिम भने लिनुपर्नेछ । आयोगले कात्तिक १० गते लाइसेन्स परीक्षा लिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement