ललितपुरमा साझा प्रकाशनको पुस्तक प्रदर्शनी, ८० प्रतिशतसम्म छुट

आश्विन ७, २०८० |कान्तिपुर टीभी संवाददाता
ललितपुरमा साझा प्रकाशनको पुस्तक प्रदर्शनी, ८० प्रतिशतसम्म छुट

काठमाडौं । ‘पठन संस्कृति विकास’ को उद्देश्यसहित साझा प्रकाशनले विशेष पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।

प्रविधिको विकासका कारण पठन संस्कृति नै प्रभावित भइरहेको अवस्थामा साझा प्रकाशनले प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीको आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरे ।

उनले १११ वर्षको इतिहास बोकेको साझा प्रकाशनलाई बचाउन छलफल गर्न महानगर तयार रहेको बताए । प्रदर्शनी देशभरका साझा प्रकाशनका कार्यालयहरुमा असोज २२ सम्म सञ्चालन हुने निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए ।

प्रदर्शनीमा राखिएका पुस्तकमा २० देखि ८० प्रतिशतसम्मको छुट उपलब्ध गराइने साझा प्रकाशनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.