कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख २६ देखि जेठ ५ सम्म सञ्चालन हुने

फाल्गुन २१, २०७९ |नारायण किलम्बू
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख २६ देखि जेठ ५ सम्म सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कान्तिपुर टीभीलाई जानकारी दिए । 

उनका अनुसार परीक्षामा चार लाख १० हजार परीक्षार्थी सहभागी हुनेछन् । ‘यसपटक हामीले ११५ विषयको परीक्षा लिने तयारी गरेका छौं,’ शर्माले भने ।

बोर्डका अनुसार पहिलाभन्दा १० हजार विद्यार्थी बढेका छन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।