
काठमाडौं । टीभीएसको जुपिटर-११० स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । नयाँ टीभीएस जुपिटर-११० मा माइलेज, पफर्मेन्स, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन रहेको कम्पनीले जनाएको छ ।
टीभीएस जुपिटर-११० ले विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जितेको कम्पनीले दाबी गरेको छ । डुअल हेल्मेट अन्डर सिट स्टोरेज (सिटमुनि ३३ लिटर स्टोरेज), अगाडिबाट इन्धन भर्ने सुविधा र फराकिलो फुटबोर्ड स्पेस सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, हाजार्ड ल्याम्प र मेटल्म्याक्स बडी लामो सिटसहितको बडी ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार दिनुका साथै फाइन्ड मि सुविधा, फलो मि हेडल्याम्प, अटो क्यान्सल टीएसएल सुविधा, टीभीएस स्मार्ट टीएम ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर (कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित डिस्टान्स टु एम्प्टी) लगायतका फिचरले स्कुटर सुसज्जित छ ।
टीभीएस जुपिटर-११० मा ११३.३ सीसी सिंगल सिलिन्डर ४-स्ट्रोक इन्जिन रहेको छ भने यसले ६५०० आरएमपीमा ५.९ किलोवाट पावर र ५००० आरएमपी मा आईजीओ असिस्टसहित ९.८ एनएम टर्क उत्पन्न गर्छ ।
स्कुटरको सुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ राखिएको छ । यो डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टीभीएस शोरूममा उपलब्ध हुनेछ ।