काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक आयातकर्ता र वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी विन्डसर ईभी नेपाली बजारमा भित्र्याएको छ ।प्यारामाउन्ट मोटर्सले काठमाडौंमा एक कार्यक्रम गरी नयाँ एमजी विन्डसर ईभी सार्वजनिक गरेको हो ।
यो गाडी भारतपछि नेपालमा सार्वजनिक गरिएको हो । नेपाली सडकलाई ख्याल गरी कार डिजाइन गरिएको उत्पादकको दाबी छ । यसको ३८ किलोवाट ब्याट्रीबाट फुल चार्जमा ३३२ किलोमिटरकोसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
एमजी मोटर्स नेपालका प्रवक्ता सुनिलबहादुर क्षेत्रीले गाडी व्यावसायिकसँगै परिवारका लागि पनि उपयुक्त रहेको बताउनुभयो । विद्युतीय सवारी साधनको भीडमा विन्डसर ईभीले अलग पहिचान बनाउने कम्पनीको दाबी छ ।
विन्डसर ईभीले नेपालमा विद्युतीय सवारीको प्रवर्द्धनमा थप सघाउने प्रवक्ता क्षेत्रीको भनाइ छ ।