काठमाडौं । पेय पदार्थ माउन्टेन ड्युले नेपालमा 'पिक्स अफ करेज' नामक सांस्कृतिक तथा साहसिक अभियान सुरु गरेको छ । सगरमाथा बाहेकका कम परिचित तर उस्तै चुनौतीपूर्ण हिमाललाई चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोग र डिस्कभरी च्यानलको साझेदारीमा यो अभियान सञ्चालन गरिएको माउन्टेन ड्युले जानकारी दिएको हो ।
अभियानले नेपालको हिमाल आरोहणको इतिहासलाई फरक दृष्टिकोणले प्रस्तुत गर्दै नेपाली युवामा साहसिक यात्राप्रतिको अभिरुचि बढाउने लक्ष्य राखेको छ ।
अभियानले 'पिक्स अफ करेज डटकम' नामक अन्तरक्रियात्मक डिजिटल साइट समेत सार्वजनिक गरेको वरुण वेभरेजका नेपाल प्रमुख विशालसिंह ठाकुरले जानकारी दिनुभयो । यसमा ६, सात र आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको मार्ग, हालको अवस्था, आरोहण कठिनाइको स्तर तथा स्थानीय शेर्पाहरूको अनुभव समेत समेटिएको छ ।
माउन्टेन ड्युको प्याकेटमा रहेको क्यूआर कोड प्रयोग गरेर उक्त वेबसाइटमा पहुँच गर्न सकिने छ ।