काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंक लिमिटेड नेपालगञ्ज, बाँकेलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंक आफैंले लिएको छ । बैंक सन्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ ।
जसमा सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले भोलिदेखि नै जिम्मेवारी सम्हाल्नेछ ।